Fri. Apr 19th, 2024

एजेन्सी । नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् । तर फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् । अब उनी योभन्दा पनि अघि बढेर न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनले त्यहाँ भारतीय रेष्टुरेन्ट खोलेकी छिन् । नायिकाले सोसल मिडियामा आफ्नो यो रेष्टुरेन्टबाट जानकारी साझा गरेकी छिन् ।
प्रियंका लेख्छिन्, ‘म तपाईंहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु । सोना यो महिनाको अन्त्यमसम्म खोलिनेछ र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’

Leave a Reply

%d bloggers like this: