Thu. Mar 28th, 2024

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ । १८ घण्टा लामो अन्धकारबाट नेपाललाई मुक्त गराएका घिसिङलाई पुनः नियुक्तिको माग सबैतिरबाट उठिरहेको छ । जनस्तरबाट मात्र नभएर उनको पुनः नियुक्तिको माग कलाकारहरूले पनि गर्दै आएका छन् । यसै बिच कलाकारहरूले ‘ब्ल्याक आउट’ अभियान चलाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले पुनः नियुक्ति गर्ने अपेक्षा आम नागरिकको छ । यसै बिच कुलमानलाई पुनः नियुक्तिको माग गर्दै कलाकार दीपकराज गिरीले आजबाट हरेक साँझ बेलुकी आठ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
यसबारे सामाजिक सञ्जालमा उल्लेख गर्दै गिरी लेख्छन्, ‘कुलमान जीको पुनः नियुक्तिका लागि जन दबाब स्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौँ’ । यस अभियानमा निर्देशक प्रदीप भट्टराईले पनि साथ दिँदै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन अपिल गरेका छन् । सिनेपाटी ।

Leave a Reply

%d bloggers like this: