Thu. Mar 28th, 2024

काठमाडौँ । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा ४२ वर्षको गुरुङको निधन भएको हो ।
एकमहिना देखि लिभरको समस्याले अलि धेरै सताएकोले उनी अस्पताल भर्ना भएका थिए । डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए । कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन ।

Leave a Reply

%d bloggers like this: