Sat. Apr 20th, 2024

चैत्र २८ गतेको रिलिज मितिलाइ सारेर अर्को मिति पर्खिरहेको फिल्म “प्रेमगीत ३”ले पब्जी प्रतियोगिता गराउने भएको छ । विश्वमा सन्त्रास मच्चाइरहेको कोरोना भाइरस विरूद्ध लड्नका लागि युवायुवतिलाइ घरभित्र नै बस्ने जानकारमुलुक सामाग्रीका रूपमा यो प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

यो प्रतियोगिता मार्च २५ अर्थात् अागामी बुधबारबाट सुरू हुनेछ । अहिले यो प्रतियोगिताको बुकिङ खुला भएको जनाइएको छ ।

अहिलेका युवा पुस्ताको लोकप्रिय यस खेलका विश्वव्यापी प्रतियोगिता पनि भइसकेका छन् । भने ठुलो धनराशी पुरस्कार स्वरूप वितरण भइसकेका छन् ।

“प्रेमगीत ३”ले अायोजना गरेको यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले टिमले ५० हजार पुरस्कार स्वरूप प्राप्त गर्न सक्नेछ। यसै प्रतियोगिताका लागि भनेर फिल्म युनिटले १ लाख ५० हजार रकम छुट्याएको छ ।

Leave a Reply

%d bloggers like this: