Fri. Apr 19th, 2024



हिजाेबाट नेपाली फिल्महलहरुमा प्रदर्शनमा आाएकाे फिल्म ‘सेन्टी भाइरस’ ले आक्रामक सुरुवात गरेकाे छ । फिल्मले नेपाली बजारमा हिजो अर्थात प्रदर्शनको पहिलो दिननै करोड माथिको व्यापार गरेको थियाे भने आज पनि देशभरका हलमा हाउसफुल प्रदर्शन गर्न सफल रह्याे ।

समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंक यो फिल्ममा छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुंगले केहि भिन्न परिवेशमा यो फिल्म निर्देशन गरेका छन् ।

सिनेमामा धुर्मुस र सुन्तलीका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ।

‘सेन्टी भाइरस’ले दिने मुनाफाको ५० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

नेपाली सिनेमा घरहरुमा आक्रामक देखिएकाे फिल्मले प्रदर्नकाे दाेस्राे दिन पनि उही क्रम निरन्तर राख्याे । काठमाडाैका मल्टिप्लेक्स सहित अन्य हलमा पनि फिल्म हेर्न जानेकाे लर्काे लाग्याे ।



Leave a Reply

%d bloggers like this: