Thu. Mar 28th, 2024

फिल्म ए मेरो हजुर ४ को प्रदर्शन मिति तय गरिएको छ । फिल्म आगामी बर्षको कार्तिक ७गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक झरना थापाले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले प्रणय दिवसको अवसरमा एक धुन समेत सार्वजनिक गर्दै फिल्ममा अनमोल केसी, सुहाना थापा को साथ्मा एक जनावर ‘कोको’ हुने समेत लेखेकी छन् ।

फिल्मका लागि सलोन बस्नेत समेत फाइनल भैसकेका छन् । फागुन १३बाट फ्लोरमा जाने भनिएको फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ । यहि फिल्म मार्फत नायक केसीले समेत पहिलो पटक एक नायिका संग दोहोर्याएर पहिलो पटक काम गरेका छन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले फिल्म निर्देशन गर्नेछिन् । फिल्म प्रेमकथा मै बन्ने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: