Thu. Apr 18th, 2024

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गर्न सफल भएको हो । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ले बताएको छ ।
शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको फिल्मप्रति दर्शकको क्रेज पहिलो हप्ताको जस्तै रहेको छ । मल्टीप्लेक्समा फिल्मले दोस्रो साता पनि उल्लेख्य शो पाएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नजिकिँदै गरेको दशैं विदाको पनि फाइदा उठाउने देखिन्छ ।
 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: