Thu. Mar 28th, 2024

साउथ फिल्म उद्योगका सुपरस्टार प्रभाष अहिलेको समयमा आफ्नो अवेइटेड फिल्म ‘साहो’लाई लिएर निकै ब्यस्त छन् । भर्खरै यो फिल्मको ट्रेलर पनि रिलिज गरिएको छ । फिल्मको ट्रेलर सोसल मिडियामा छाइसकेको छ । यो फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपुर मुख्य भूमिकामा देखिदैछन् ।
सुजितले निर्देशन गरेका ‘साहो’लाई ३० अगष्टबाट तेलेगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज गरिदैछ । यसैबीच अभिनेता प्रभाष र अर्की अभिनेत्री अनुष्का शेट्टीले मिलेर लस एञ्जलसमा नयाँ घरको खोजी गरिरहेको जानकारी बाहिरिएको छ ।
मुम्बई मिररमा प्रकाशित एक समाचार अनुसार अभिनेता प्रभाष र अभिनेत्री अनुष्का शेट्टीलाई भर्खरै लस एञ्जलसमा सँगै देखिएका थिए, जहाँ उनीहरु नयाँ कोठाको खोजीमा रहेका बताइएको छ । समाचार अनुसार अभिनेता प्रभाषले अभिनेत्री अनुष्काको लागि ‘साहो’को स्पेशल स्क्रिनिङ पनि राखेका थिए ।
प्रभाष र अनुष्काले बाहुबली, बाहुबली–२, मिर्ची, बिल्ला लगाएतका फिल्ममा सँगै काम गरिसकेका छन् । लस एञ्जलसमा नयाँ घरको खोजी भन्ने समाचार के–कति सत्य हो, त्यो चाँहि आगामी दिनमै थाहा हुनेछ ।

news24.tv

Leave a Reply

%d bloggers like this: