भारतीय अभिनेता अजय देवगनका पिताको २७ मेमा निधन भएको छ । अजयको पिता विरु देवगनको निधन भएको छ । विरू बलिउडका प्रसिद्द एक्शन निर्देशक समेत हुन् ।
स्वासप्रस्वासमा समस्या आए पछी उनलाई मुम्बईको सुर्य अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई कार्डिएक अरेस्ट भएर उनको मृत्यु भएको भनिएको छ । पन्जाबको अमृतसहरमा जन्मिएका विरूको निधन मुम्बईमा भएको हो । उनले क्रान्ति, सिङ्घासन र सौरभ फिल्ममा अभिनय समेत गरेका थिए ।
