चर्चित गायक आकाश तामाङ्गले आफ्नो चर्चित गीत जाम भनेर बोलाको तिमीलेको भाग दुई बजाउदै पन्चे बाजा लिएर आएका छन्। आकाशको चर्चित गीत को जाम भनेरको सिक्वेल गीत बजाउदै पन्चेबाजालाई पनि नेपाली दर्शकस्रोताले उत्तिकै रुचाइदिएका छन्।
युट्युबमा अपलोड भएको केहि दिन भित्रै उनको गीतलाइ लाखौँले मनपराइ सकेका छन्। बजाउदै पन्चेबाजाको म्युजिक भिडियोमा मोडल पल शाह र आचल शर्माको अभिनय रहेको छ। पल र आंचलको दमदार प्रस्तुतिलाई सुरेश नेपालीले छायांकन गरेका हुन् भने नितिन चन्दले निर्देशन गरेका हुन्।
गायक तथा संगीतकार अजित घिसिङ्गको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौड्यालले म्युजिक एरेन्ज गरेका हुन्।
आफ्नो चर्चित गीत जाम भनेर बोलाको लाइ जत्तिनै दर्शकहरुले रुचाइदिएकोमा गायक आकाशले सामाजिक संजाल मार्फत दर्शकस्रोताहरुलाई धन्यवाद ब्यक्त गरेका छन्।
