काठमाडौं।
कला क्षेत्रको लामो संघर्षपछि रेस्पोन्सिभ मिडियाद्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको ‘सर्वोत्कृष्ट सम्पादन–अवार्ड–२०७५’ जित्न दृश्य सम्पादक युवराज खत्री सफल भएका छन् ।
सानैदेखि कलाकारिता क्षेत्रमा रूचि राख्ने खत्रीले २०६६ सालमा नेपाली इतिहासकै पहिलो पटक थामी भाषाको चलचित्र निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रले सोचेजस्तो प्रतिफल नपाएपनि उनले कार्यकौशलका कारण मेरो स्कूल ,दोखांङ, हाम्रो गाउँ जस्ता थुप्रै चलचित्रहरुमा सह–निर्देशन गर्ने अबसर पाए । त्यसपछि उनले टेण्डर नामक नेपाली कथानक चलचित्र निर्देशन गरे । उक्त चलचित्रको कथा र सम्पादन समेत खत्री आफैले गरेका थिए । अहिले पनि उनी निर्देशन, छायांकन तथा सम्पादन तीन वटै बिधामा निकै ब्यस्त छन् । उनी आफ्नो कर्मप्रति सन्तुष्ट छन् ।
पछिल्लो समय सम्पदानमा बढी व्यस्त खत्रीले करिब ५ सय म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने ७ सय वटा छायांकन र ९ सय भन्दा बढीको सम्पादन गरिसकेका छन् । त्यस्तै उनले आधा दर्जन चलचित्र छायांकन तथा सम्पादन समेत गरेका छन् ।
खत्री एक्सन फिल्मस प्रालीका प्रबन्ध निर्देशक समेत हुन्। सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–३, का खत्री बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि राख्थे । अहिले उत्कृष्ट अवार्डबाट समनीत भएपछि उनी खुसी भएका छन् । र, जीवनभर कला साधनामा निरन्तर लाग्ने उनको प्रतिवद्धता छ ।