Thu. Mar 28th, 2024

काठमाडाैं ।
९ वर्षको जासा जासाले यस वर्षको दुनियाँकै कुरुप कुकुरको उपाधि जितेको छ ।
अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको कुकुर विश्वकै कुरुप कुकुर ठहरिएको हो ।
जासाले वर्षकै कुरुप कुकुरको उपाधि जितेसँगै यसका मालिक मेगन ब्रेइनार्डले १५सय डलर पुरस्कार हात पारिन् । मेगन मिनिसोटाकी बासिन्दा हुन् । मेगनले उक्त कुकुरलाई अनलाइनमार्फत खरीद गरेकी थिइन् ।
कुरुप कुकुर प्रतियोगितामा एक से एक विद्रुप स्वरुप भएका कुकुरहरु भिडेका थिए । कसैका भुत्ला खुइलिएको शरीर थियो त कसैको लमतन्ने झुण्डिएको जिब्रो । आफ्ना विद्रुप कुकुर डोराउँदै मालिक-मालिक्नीहरु रेड कार्पेटमा हिँडे । निर्णायक मण्डलले कुकुरको कुरुपपनाको मूल्यांकन गरी सबैभन्दा कुरुप कुकुर छनोट गरेका थिए ।
स्मरणरहोस् गत वर्ष ५७ किलो तौल भएको मार्था नामक कुकुरले कुरुप कुकुरको उपाधि जितेको थियो ।
पछिल्लो ३० वर्षदेखि यो प्रतियोगिता भइरहेको छ । यसअघि शुक्रबार यो प्रतियोगिता हुने गरेकोमा अझै धेरै दर्शक आउन भन्नका लागि आयोजकहरुले योपटक शनिबार प्रतियोगिताको आयोजना गरे ।
योपटक कुल १४ वटा कुकुरहरु प्रतियोगितामा भिडेका थिए ।
विश्वकै कुरुप कुकुर बन्न सफल जासाले यसअघि पनि कुरुप कुकुरसम्बन्धी विभिन्न प्रतियोगितामा ७ पटकसम्म उपाधि जितिसकेको छ ।
अनलार्इनखबरबाट

Leave a Reply

%d bloggers like this: