Sun. Dec 22nd, 2024

काठमाडाैं । 
मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्ने तयारीका साथ ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’  जस्ता सफल फिल्म निर्माण गरेका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणकाे काममा जुटेका छन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ ।
युवा स्टार प्रदीप खड्कासँग लगालग दुई फिल्म गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन् । उनले करीब ६ महिनादेखि छोरालाई मण्डला थिएटरमा अभिनयको तालिम  दिइरहेका छन् ।
‘छोरा अब डेब्यूका लागि तयार भइसकेको छ । मलमासका कारण फ्लोरमा जान ढिलाई भएको हो । निर्देशकदेखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको छ’, निर्माता सेनले भने । उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ ।
नाम गोप्य राखिएको यस फिल्मको लिड रोलमा नै सेनका छोरा आयूब रहनेछन् । स्तरिय फिल्म निर्माण गर्ने निर्माताको सूचीमा अग्रस्थानमा आउने सन्तोष प्रदीपलाई लिएर ‘प्रेमगीत’ को तेस्रो सिरिज निर्माण गर्ने तयारी  गरीरहेका छन् ।

Leave a Reply