Wed. Jan 22nd, 2025
काठमाडाैं । 
अभिनेता प्रदीप खड्काकाे क्रेज दिनानुदिन बढ्दाे छ । त्यसैले फिल्मसँग-सँगै विभिन्न नेपाली ब्रान्डसँग पनि आबद्ध भर्इरहेका  छन् । उनी हालै मात्र दुई ठूला नेपाली कम्पनी ‘नोभेम्बर जिन्स नेपाल’ र ‘ब्राडफोर्ड एजुेशसन कन्सल्टेन्सि’ को ‘ब्रान्ड एम्बेसडर’काे रूपमा चयन भएका छन् ।
फिल्ममा झैँ ब्रान्डसँग आबद्ध हुँदा पनि महँगो पारिश्रमिक बुझ्ने उनले शनिवार काठमाडौंको दरबारमार्गस्थित ‘नोभेम्बर जिन्स नेपाल’ को पहिलो सोरुमको उद्घाटन गरेका छन् ।
उनले नोभेम्बरका कपडाकोे क्वालिटी राम्रो लागेका कारण आफू यसको ब्रान्ड एम्बेसडर भएको बताए ।  उनले फिल्म ‘प्रेमगीत २’ र ‘लिलिबिली’ मा नोभेम्बरका मात्र फेसन प्रयोग गरेका थिए ।
उनी भन्छन्, ‘बिदेशी ब्रान्डभन्दा धेरै राम्रो र सस्तोमा नेपाली ब्रान्डका कपडा तयार हुने हुँदा म नोभेम्बरका मात्र कपडा प्रयोग गर्छु र यसको ब्रान्ड एम्बेसडर पनि बनेको हुँ ।’ उनले आफ्ना हरेक फिल्ममा नोभेम्बरका कपडाहरुलाई महत्व दिने पनि उद्घाटन  कार्यक्रममा बताए ।
हाल ‘रोजी’ को सुटिङमा व्यस्त प्रदीप नेपाली उत्पादन मात्र प्रयोग गर्न पनि सबैलाई आग्रह गर्छन् । ‘नोभेम्बर जिन्स नेपाल’ ले पुरुषका लागि सबै प्रकारका फेसन नेपालमै उत्पादन गरेर मुलुकका १३० वटा स्टोर र भारतका विभिन्न सहरमा पाँच वर्षदेखि बिक्रीवितरण गर्दै आएको छ ।

Leave a Reply