Sat. Apr 20th, 2024

नायिका बेनिशा हमाल अभिनित फिल्म ब्लाइन्ड रक्सको ट्रेलर सार्वजनिक भएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित सो फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण यूनिटको उपस्थितिमा सृष्टिको जीवन संघर्षको कथा बोल्ने फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो ।
बेनिशा हमालले फिल्ममा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित यो फिल्मलाई फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी छ ।
मिलन चाम्सको निर्देशनमा बनेको फिल्म एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको कथा यम थापा र सुमन उप्रेतीले निर्माण गरेका हुन् ।
मंगलबार आयोजित कार्यक्रममा नायिका बेनिशाले आफ्नो लागि ‘ब्लाइन्ड रक्स’ मा सृष्टिको भूमिका न्यायपूर्वक निर्वाह गर्न निकै चुनौतीपूर्ण रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा निर्देशक मिलन चाम्सले ‘ब्लाइन्ड रक्स’ मा बेनिशाको अभिनय हेरेपछि सबैले तारिफ गर्ने बताए ।

Leave a Reply

%d bloggers like this: