काठमाडौंः नयाँ पुस्तामाझ लोकप्रिय बन्न सफल अभिनेता प्रदीप खड्का अभिनित लिलिबिली फिल्मको पहिलो गीत सार्वजनिक भएको छ ।
सोमबार एक समारोहमा फिल्मको एक प्रेमिल गीत रिलिज भएको हो ।
फिल्म आगामी २०७५ सालको वैशाखमा रिलिजको तयारीसहित धमाधम काम भइरहेको छ । सोमबार सार्वजनिक गीतमा प्रदिपसँगै नव अभिनेत्री जसिता गुरुङ फिचरिङमा छन् ।
स्कटल्याण्डमा खिचिएको गीतमा मनोरम दृश्यहरु समावेश गरिएको छ । एलिस कार्कीको संगीत रहेको गीतका शब्द राजेशकुमार श्रेष्ठले लेखेका छन् । मिलन चाम्सको निर्देशनमा बनेको फिल्मको केहि हप्ता पहिले मात्रै छायाँकन सकिएको थियो ।
