दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्र ‘ए मेरो हजुर २’ ले दोश्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता ५ करोड माथिको कमाई गर्न सफल भएको चलचित्रले दोश्रो हप्तामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ।हिजो शनिवार काठमान्डूको सिंगल र मल्टीप्लेक्स्मा फिल्मले राम्रो व्यापार गर्न सफल रह्यो हलहरु हाउसफुल नै रहे,दोस्रो सातामा पनि फिल्मको रफ्तारमा कमि आएको छैन । झरना थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्रको कथा,डाइलग डेलीभरि र लोकेशन अनि गीत संगीतको पाटोलाई दर्शकले रुचाएका छन्।
भाद्र १६ बाट अल नेपाल प्रदर्शनमा आएको यस फिल्मले आक्रामक व्यापार गरिरहेको छ । यसरि नै दर्शक को माया पाउदै जाने हो भने दोस्रो र तेस्रो हप्तामा पनि फिल्म ए मेरो हजुर २ को बर्चस्व कायमै रहने छ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् ।
