Wed. Apr 24th, 2024
फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ‘नाइनलको साडी’ र ‘झ्याम्म झ्याम्म’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा हास्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।
https://www.youtube.com/watch?v=I8qrKa5uOOg

 

Leave a Reply

%d bloggers like this: