Thu. Apr 18th, 2024

सधै आफुले निर्देशन गर्ने भिडियोमा केही न केही नयाँ प्रयोग गर्ने युवा निर्देशक हुन सिर्जन बराल । चलचित्रको भिडियो होस,आधुनिक गितको भिडियो होस वा लोक दोहोरीको भिडियोमा नयाँ शैली र प्रस्तुती देखाउन सिर्जन कन्जुस्याई गर्दैनन । उनै युवा निर्देशक बरालको निर्देशनमा ‘चौतारी विसौनी’  बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनीको म्युजिक भिडियो शुक्रवार सार्वजानिक गरिएको हो । म्युजिक भिडियोको स्वयम निर्देश सिर्जन बरालले नै खतरनाक स्टण्ड देखाएका छन्।
उनले एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनी निर्देशन गरेर आफुलाई एक्सन स्टार निर्देशकको रुपमा आफुलाई चिनाएका छन् । यस भन्दा अघि पनि कैयौ चर्चित म्युजिक भिडियो दिईसकेका निर्देशक बरालले अब भने एक्सन स्टार निर्देशकको रुपमा समेत आफुलाई उभ्याएका छन। आगामी दिनमा पनि आफुले भिडियोमा सधै चुनौती मोलेरै भएपनि अरुले भन्दा नयाँ प्रयोग पस्किने बरालले बताए ।
सिर्जन बुढाथोकीको शब्द, चन्दन ओलीको लय रहेको गितमा चन्दन ओली र टिका पुनले स्वर दिएका छन् । गितको छायाँकन रेशम दर्लामीले गरेका हुन् । भिडियोमा अभिनय नृत्यमा सिर्जन बराललाई चर्चित मोडल निरुता शाही ठकुरीले साथ दिएकी छिन । भिडियोलाई सारदा म्युजिक प्रालीले बजारमा ल्याएको हो । हेर्नुहोस तपाइपनि एकपटक यो भिडियो:

Leave a Reply

%d bloggers like this: