Thu. Mar 28th, 2024
चलचित्र निर्माता संघको कार्य समितिले आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ । उद्योग वाणिज्य संघको नव-निर्वाचित कार्य समितिलाई सम्मान गर्दै प्रस्तुत गरिएको निर्माता संघको ६ महिने कार्यपत्रमा नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता बुदाहरु उल्लेख छन् ।
 आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको वाणिज्य संघलाई बुधबार वाणिज्य संघकै कार्यक्रम हल टेकुमा सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य समेत हुन् ।

Leave a Reply

%d bloggers like this: