Sat. Feb 1st, 2025

सुरुवाती दुई दिनमा आक्रामक व्यापार गरेको चलचित्र ‘प्रेमगीत २’ दोश्रो हप्तामा प्रवेश गरेको छ। यता बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’ पनि रिलिज  भएको छ । शारुख खान  अभिनित फिल्म “जब ह्यारी मेट  सेजल”लाई पछी पार्दै प्रेम गीत २ ले आफ्ना सम्पूर्ण शो हाउस फुल गरेको छ । चलचित्र प्रेमगीत -२ लाई कुनै असर नपर्नेमा निर्माणपक्ष्य ढुक्क देखिन्छ । भोलि शनिवार काठमान्डूका  १० शो  अग्रिम बुक भैसकेका छन् भने बाँकी धमाधम हुने क्रम जारि रहेको छ , प्रेमगीता-२’ले दोश्रो सातासम्म आइपुग्दा पनि दर्शकको राम्रो साथ पाएको चलचित्रका निर्माता  सन्तोष सेनले बताएका छन । समिक्षकको मिश्रित प्रतिक्रिया पाएपनी चलचित्रले साउन १३ गतेबाट नै राम्रो व्यापार गरेको छ ।प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत २’ बाहेक यो साता कुनै पनि नेपाली चलचित्र रिलिज भएका छैनन् ।
प्रेमकथामा आधारीत चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ । सन्तोष सेनको निर्माणमा तयार भएको ‘प्रेमगीत २’ले लगानी सुरक्षित गरिसकेको दाबी समेत निर्माणपक्षले गरेको छ । यस चलचित्रलाई रामशरठ पाठकले निर्देशन गरेका हुन्।

Leave a Reply