Thu. Mar 28th, 2024

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले ‘मिस्टर झोले’ निर्माण गर्न लागेको हो । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो ढुङगा’ फिल्मका निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘मिस्टर झोले’ को बिहिवार शुभमुर्हुत गरि आज छायांकनको लागि जम्बो टोलि पोखरा प्रस्थान गर्दै छ। यो फिल्ममा दयाहाङ राई, बर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा र सरोज अर्याल लगायतका कलाकारहरुको लिड रोल रहनेछ ।
‘झोले’ मा मुख्य भूमिकामा रहेका नायिका प्रियंका कार्की र ए. गुरुङ भने फिल्म ‘मिस्टर झोले’ मा दोहोरिएका छैनन् । चलचित्रको बिषय, स्थान, पात्र, कथा संरचना, भिन्न रहेकोले ‘मिस्टर झोले’ ‘झोले’ को सिक्वेल नरहेको निर्देशक गुरुङले जानकारी दिए । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहने यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिच्नेछन् ।

Leave a Reply

%d bloggers like this: