Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
परिवर्तनले पक्कै पनि केहि नया परिणाम दिन्छ । यो कुरा अहिलेको गीत संगीतको माहोलमा साबित भएको छ । धेरै अगाडी देखि नियालेर हेर्दा यति बेला नेपाली गीत संगीतमा धेरै परिवर्तन आइसकेको छ जसले नेपाली गीत संगीतमा केहि नया आयाम समेत थपेको छ । दर्शक श्रोताहरुको टेस्ट बदलिनु र सर्जक स्रष्टाहरुले पनि आफ्नो प्रस्तुतिमा केहि नया कुराको मिश्रण गर्नुले नेपाली गीत संगीतले नया गति लिएको हामी हेर्न अनि महसुस गर्न सक्छौ । यहि बिचमा लामो समय नेपाली गीत संगीतमा टिकेर बस्नु पनि गार्हो नै रहेको अवस्था छ । कतिले त यो क्षत्रलाई त्यागेर हिडेको पनि देखियो र कति यस्ता पनि छन् जसले निरन्तर आफु यस क्षत्रमा निस्वार्थ भावनाले लागिपरेका छन् । यस्तै एक नाम हो रचनाकार गोपी दाहाल । तर यति बेला हामीले उहालाई रचनाकारको उपाधिले मात्र सम्बोधन गर्दा त्यहाँ अन्याय हुन जान्छ तसर्थ उहालाई हामी यति बेला रचनाकार र निर्देशकको उपाधि दिन सक्छौ । उहाले लामो समय देखि आफ्नो सुन्दर रचनाहरुले त नेपाली दर्शक श्रोताहरुको मनमा आफ्नो जादु चलाईसक्नु भएको छ । तर यति बेला उहा म्युजिक भिडियो निर्देशनबाट पनि अगाडी बढिरहनु भएको छ जसमा पनि उहाले सफलता पाउने धेरै संकेत देखिएको छ ।
gopi-dahal
उहाको आफ्नो शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीत केहि समय अगाडी मात्र सार्वजनिक भएको थियो जसले निकै राम्रो प्रतिक्रिया यति बेला सबैबाट पाइरहेको छ । अम्बर तुम्बापो सुब्बाको संगीत अनि कम्पोजिसनमा तयार भएको गीतलाई अजनिश राईले अरेन्ज गरेका हुन् । गीतमा गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै गीतको म्युजिक भिडियो पनि अधिक राम्रो तयार भएको छ जसमा गोपी दाहालको निर्देशनमा मोडल भानु तिवारी र मुना बस्नेतले निकै नै राम्रो अभिनय प्रस्तुत गरेका छन् । यति बेला गोपी दाहालको निर्देशनको पनि तारिफ योग्य कुराहरु बाहिर चलीरहेको छ । उनको निर्देशनले गीतलाई निकै राम्रो बनाएको र केहि नया पन थपिदिएको कुरा धेरैले बताएका छन् । उनले पाएको यस किसिमको यी यस्ता प्रतिक्रियाले उनि निकै हौसिएका छन् । अब उनले आफ्नो नया गीत बाहिर सार्वजनिक गर्ने तयारीमा रहेका छन् । यस पटक फेरी उनले संगीतकार राजन राज शिवाकोटी संग सहकार्य गर्दै छन् जसमा निर्देशक राजिव के श्रेष्ठको पनि संलग्नता रहेको कुरा उनले बताएका छन् । अबको केहि समयमा नै उनको नया गीत बाहिर सार्वजनिक हुने जानकारी उनले गराएका छन् ।
gopi-dahal
gopi-dahal
ल्याब ३ कृवको निर्माणमा तयार भएको गोपी दाहालको निर्देशनको “बास गर मेरी माया” बोलको गीतको म्युजिक भिडियोले दर्शकहरुलाई खुशी समेत तुल्याएको छ । कुनै पनि म्युजिक भिडियोलाई राम्रो बनाउनमा निर्देशकको साथमा कलाकारहरुको पनि मुख्य भूमिका रहेको देखिन्छ । यहि हिसाबले उक्त म्युजिक भिडियोमा अभिनित भानु तिवारीको पनि यति बेला चर्चा चलेको छ । उनको अभिनयले धेरैको मनमा सकारात्मक प्रतिक्रिया उत्पन्न गराएको छ । उनले अब चाडै नै नेपाली चलचित्रमा अभिनयको पाईला राख्ने तयारीमा रहेको कुरा पनि बाहिर खुलासा भएको छ । निकै नम्र स्वभावको उनि यति बेला भने अमेरिकामा बसोबास गरिरहेका छन् ।
gopi-dahal
रचनाकार पछि निर्देशकको उपाधि पाएका गोपी दाहालले अब आउने तयारीमा रहेको नया गीतको बारेमा केहि कुराहरु बताएका छन् । अबको यस गीत मार्फत दर्शक श्रोताहरुबाट आफुले धेरै नै आशा राखेको कुरा उनले उल्लेख गरेका छन् । पहिलेको तुलनामा यस गीतमा केहि नया अनि फरक कुराको साथमा दर्शक श्रोताहरुको टेस्टलाई पनि अधिकतम मध्य नजर गरिएको कुरा पनि उनले बताएका छन् । आफ्नो यो नया कोसेलीले सबै दर्शक श्रोताहरुको मन खुशी बनाउने विश्वास उनले ब्यक्त गरेका छन् । तसर्थ उनले सबै दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर सुनेर आफ्नो प्रतिक्रिया अनि सल्लहा सुझाब आफुलाई प्रदान गरिदिनुहुनको लागि हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् । यस्तै आगामी दिनहरुमा अझै राम्रो राम्रो प्रस्तुति लिएर दर्शक श्रोताहरुको माझ प्रस्तुत हुने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: