Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतलाई नियालेर हेर्दा यस भित्र धेरै कुराको मिश्रण रहेको हामी पाउन सक्छौ | नया कलाकारहरुको आगमन र योगदान त छदै छ तर त्यो भन्दा अगाडी यस क्षत्रलाई आजको यो स्थान सम्म आइपुग्न धेरै समय अनि मेहेनत लागेको छ जुन मेहेनत हाम्रो अग्रजहरुले गर्नुभएको छ | नेपाली गीत संगीतलाई त्यो बेलामा उहाहरुले गरेको संरक्षणले गर्दा नै आज नया कलाकारहरुले आफ्नो प्रस्तुति राख्न पाईरहेका छन् | उसो त अहिले हाम्रो अग्रजहरुलाई नया युवा पुस्ताहरुले बिर्सीरहेको अवस्था छ जुन बिल्कुलै जाएज कुरा भने पक्का पनि होइन | अग्रजहरुको स्थानलाई सधैब कायम राख्ने कर्तव्य र जिम्मेवारी अहिलेको नया पुस्ताको पनि हो | नेपाली गीत संगीतमा आएको आमुल परिवर्तन संगै धेरै पुराना कलाकारहरुले बिश्राम समेत लिनुभएको पनि देखियो | तर आफ्नो खुबी र प्रतिभालाई अहिलेको पुस्तामा ढालेर केहि नया कुराको उत्पत्ति गराउनको लागि लागिपरेका कलाकारहरुको सुची हामी माझमा रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो कम्पोजर तथा गायक डम्बर खापुङ सुब्बा | उहा बहुमुखी प्रतिभाको धनि हुनुहुन्छ | नेपाली गीत संगीतमा एक किसिमको सफलताको साथमा आफ्नो छुट्टै किसिमको पहिचान समेत उहाले बनाईसक्नु भएको छ |
damber-khapoong-subba
बिगत धेरै लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो समय खर्चीरहनु भएको उहाको कृति र प्रस्तुतिहरु निकै नै उत्कृष्ट रहेका छन् | आजको यो दिन सम्म आइपुग्दा उहाले आफ्नो ४ वटा एल्बम प्रकाशित गरिसक्नु भएको छ | “भुटानी चित्कार” , “उजाड” , “पल्स-४” र “यो मन भाग १” उहाको सार्वजनिक भईसकेका ४ वटा एल्बमहरु हुन् । अहिले उहा आफ्नो नया आउने क्रममा रहेको एल्बमको काममा ब्यस्त हुनुहुन्छ । अबको केहि समयमा नै उहाको आफ्नो नया एल्बम “यो मन भाग २” दर्शक श्रोताहरुको माझमा आउने तयारीमा रहेको छ । उहाको यस एल्बममा प्रकाश घिमिरेको एकल शब्दको साथमा उहाको एकल स्वर रहने छ भने उहाको केहि कम्पोजिसन पनि यसमा समावेश रहने छ । उक्त एल्बमको बारेमा बोल्दै उहाले भन्नु भयो “केहि नया अनि फरक कुराको टेस्टलाई दर्शक श्रोताहरुलाई दिने जमर्को गरेको छु । आफ्नो प्रस्तुतिबाट दर्शक श्रोताहरु खुशी हुनेमा विश्वास राखेको छु । ” यस्तै उहाले यति बेला अरु व्यक्तिहरुको शब्दमा समेत आफ्नो कम्पोजिसन दिदै आइरहनु भएको छ । अबको केहि समयमा बाहिर आउने तयारीमा रहेको योगेश दाहालको “साथ” एल्बममा उहाको ४ वटा कम्पोजिसन समावेश छ । यस्तै अहिले नामकरण नभएको तर पनि कामको लागि तयारी अवस्थामा रहेको अर्को नया एल्बममा पनि डम्बर खापुङ सुब्बाले काम गर्दै हुनुहुन्छ जसमा एकल कम्पोजिसन उहाको रहने जानकारी उहाले दिनुभएको छ । यस्तै यति बेला उहाको स्वरमा सजिएको “दार्जेलीङ ज्यान को” बोलको गीतको अडियो बाहिर सार्वजनिक भएको छ जसमा उहालाई तारा लिम्बुले स्वरमा साथ दिनुभएको छ | तुम्बेहाङ लिम्बुको शब्द र उत्तमजंग लिम्बुको कम्पोजिसनमा तयार भएको गीतलाई टकेन्द्र याक्सोले अरेन्ज गरेका छन् । यति बेला उक्त गीतले निकै चर्चा पाइरहेको छ | दर्शक श्रोताहरुले यति बेला उक्त गीतलाई निकै नै मनपराई रहनु भएको अवस्था छ |
damber-khapoong-subba
damber-khapoong-subba
नेपाली गीत संगीतमा उहाको योगदान निकै नै अपरिहार्य रहेको छ | आजको दिन उहा अमेरिकामा बसोबास गर्दै हुनुहुन्छ | तर पनि नेपालीपन र आफ्नो कला र संस्कृतिलाई भने उहाले अलिकति पनि बिर्सिनुभएको छैन | विदेशको दुख त आफ्नो ठाउँमा छदै छ त्यसको अलावा पनि उहाले आफ्नो सांगीतिक यात्रालाई बिश्राम दिनु भएको छैन | आफ्नो ब्यस्त जीवनबाट पनि अधिकतम समय उहाले नेपाली गीत संगीतलाई दिन अहिले सम्म सफल रहनु भएको छ | पुरानो कलाकार हुदा समेत उहाले अहिलेको परिस्थितिमा आफुलाई निरन्तर ढाल्ने प्रयास गर्नु सानो कुरा भने पक्का पनि होइन | अमेरिकामा उहाले यति बेला नेपाली कला संस्कृतिको जगेर्ना गर्ने कामहरु समेत गरिरहनु भएको छ | त्यहाँ आयोजना हुने अधिकतम संस्कृतिक कार्यक्रममा उहाको उल्लेखनीय उपस्थिति रहने गर्दछ | यस्तै उहाले नेपाली गीत संगीत र यसको इतिहासको बारेमा समेत धेरै कुराहरु हाम्रा अहिलेका युवा पुस्तालाई बताउने गर्नुहुन्छ | यस्तै एक हिसाबले उहाले निरन्तर रुपमा अहिलेको नया युवाहरुलाई हौसला प्रदान गर्ने काम समेत गरिरहनु भएको छ |
damber-khapoong-subba
बिदेशमा र देशमा जहाँ रहे पनि हामीले हाम्रो भाषा कला र संस्कृतिलाई कहिले पनि बिर्सिनु हुदैन र सधैब आफ्नो तर्फ देखि यसको जगेर्ना गर्नुपर्छ भन्ने विश्वास र मान्यता उहाको रहेको छ । यहि मान्यताको साथमा उहा यति बेला अगाडी बढिरहनु भएको छ । उहाले देशमा तथा बिदेशमा रहनु भएका सबै नेपालीहरुलाई सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गर्नको लागि अनुरोध समेत गर्नुभएको छ । यसै गरि अहिले सम्म आफुले नेपाली दर्शक श्रोताहरुबाट पाएको माया अनि सम्मान प्रति उहाले आभार समेत प्रकट गर्नुभएको छ । अबको दिनहरुमा फरक अनि पृथक किसिमको प्रस्तुति नेपाली दर्शक श्रोताहरुको अगाडी पेश गर्ने प्रतिबध्ता समेत उहाले जाहेर गर्नुभएको छ । नेपाली गीत संगीत नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने उहाले आफ्नो जीवन यसमा नै व्यतित गर्ने कुरा पनि उल्लेख गर्नु भएको छ । अब चाडै आउने तयारीमा रहेको आफ्नो एल्बमको साथमा अरु पनि आफ्नो प्रस्तुतिहरुलाई सुनेर हेरेर आफ्नो प्रतिक्रिया सल्लहा सुझाब आफुलाई दिनुहुनको लागि उहाले समस्त दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध गर्नुभएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: