Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १३ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लुट २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “घ्याम्पे” बोलको उक्त गीतमा शब्द संगीत हर्कुलेस बस्नेतको रहेको छ भने स्वरमा पनि उनलाई निश्चल बस्नेतले साथ दिएका छन् । पार्टी सोङको तरिकाले निर्माण गरिएको गीतमा हामी चलचित्रको मुख्य पात्रा सौगात मल्ल ( हाक्कु काले ) लाई झुमेर डान्स गरेको देख्न सक्छौ ।
loot-2
चलचित्रले यति बेला आफ्नो प्रचार प्रसार तीव्र पर्दै लागिरहेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रको चर्चा पनि चुलिदै गईरहेको छ । चलचित्र “लुट” को अपार सफलता पछि चलचित्रको दोस्रो भाग “लुट २” सफल नहोला भन्ने व्यक्तिहरु यति बेला कमै भेटिनछन् । दर्शकहरुलाई पनि चलचित्रको निकै पर्खाई रहेको छ । चलचित्र सफल हुने र दर्शकहरुको टेस्टलाई चलचित्रको कथा र प्रस्तुतिले छोएको कुरा चलचित्रका एक निर्माता माधव वाग्लेले बताएका छन् ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: