Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
पुस २९ गते प्रदर्शन मिति तोकेको चलचित्र “शब्द” को रिलिज मिति एक दिन अगाडी सरेको छ । चलचित्र अब पुस २८ गते देखि नै प्रदर्शनमा आउने भएको छ । पुस २८ गते ३ चलचित्रको भिडन्त हुने भएको छ । चलचित्र “किङ” र “लभ साशा” पनि पुस २८ गते नै प्रदर्शन हुन तम्तयार भएर बसको छ । २ चलचित्र पुस २८ गते देखि नै प्रदर्शन हुने भएकोले पनि आफ्नो चलचित्र पनि पुस २८ मै प्रदर्शनमा लिएर आउने लागेको कुरा निर्देशक शन्तोष शिवाकोटीले जानकारी दिएका छन् । उनको अनुसार चलचित्र काठमाडौँ उपत्यकामा मल्टिप्लेक्समा प्रदर्शन हुनेछ जसका लागि बुकिङ समेत खुल्ला भईसकेको कुरा उनले सबै अवगत गराए ।
यस हिसाबले पुस २८ गते दर्शकहरुको लागि च्वाइसको दिन हुनेछ । दर्शकहरुले आफ्नो मनपरी हिसाबले ३ मध्य कुनै पनि चलचित्र छानेर हेर्न पाउनु हुनेछ । अहिले ३ वटै चलचित्रको चर्चा परिचर्चा निकै तीव्र रुपमा भईरहेको छ । यस्तै चलचित्रहरुको निर्माण पक्षे पनि प्रोमोसनमा निकै कुदिरहेका छन् ।
चलचित्र “किङ” लाई जयन श्रेष्ठले निर्माण गरेका छन् । जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल उप्रेती , बेनिषा हमाल , अनुप विक्रम शाही , प्रज्वल सुजल गिरी , रुप राना , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा काठमाडौँ उपत्यकामा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने उपत्यका बाहिर डिसिएनले लिएको छ ।

चलचित्र “लभ साशा” को निर्माता माधव वाग्ले रहेका छन् । प्रचण्डमान श्रेष्ठको लेखन अनि निर्देशनमा तयार भएको यस चलचित्रमा केकी अधिकारी , कर्मा , आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यस्तै चलचित्र “शब्द” मा भने कमली वाईबा , सौगात मल्ल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रलाई शन्तोष शिवाकोटीले निर्देशन गरेका छन् । चलचित्रका निर्माता भने क्षिरिङ दोर्जे शेर्पा हुन् । यी ३ चलचित्रहरुको भिडन्त कस्तो हुने हो दर्शकहरुले कुन चलचित्रलाई अत्याधिक माया दिने हो त्यो हेर्न भने बाँकि नै छ ।

Leave a Reply

%d bloggers like this: