Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
सुवास ईन्टरटेन्मेन्ट र दि सुपर काजोल फिल्मस् को व्यानरमा तयार हुने क्रममा रहेको चलचित्र “कृ” ले निर्माण अगावै आफ्नो प्रदर्शन मिति फेरबदल गरेको छ | केहि समय अगाडी निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्र आउदो बर्षको दशैंमा प्रदर्शन हुने भएको थियो | तर अहिले आएर चलचित्रको दशैं भन्दा नै अगाडी प्रदर्शन हुने कुरा बाहिर आएको छ | निर्माण पक्षेको अनुसार चलचित्र अब आउदो बर्षको भदौ १६ मा देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ | भदौ महिनाको थुप्रै सार्वजनिक बिदा , चाड बाड तथा नजिकिदै दशैंको माहोललाई मध्य नजर गर्दै चलचित्रको लागि नया प्रदर्शन मिति तय गरिएको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ |
चलचित्रमा सुपरस्टार नायक अनमोल केसी र नव नायिका अदिति बुढाथोकी मुख्य भूमिकामा रहेका छन् | नायक अनमोल केसी चलचित्रको लागि २० लाख पारिश्रमिक लिएको कुराले नै धेरै अगाडी यस चलचित्रको नेपाली बजारमा चर्चा भईरहेको छ | एक हिसाबले भनौ भने अधिकांश दर्शकहरुलाई यस चलचित्रको पर्खाई समेत रहेको छ | चलचित्र फाल्गुन महिना देखि छायांकनको लागि अगाडी बढ्ने निर्माण पक्षेले बताएको छ | चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् |

Leave a Reply

%d bloggers like this: