Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रको इतिहास पल्टाएर हेर्यो भने धेरै कुराहरुको खुलासा हुन आउछ | आज नेपाली चलचित्र क्षत्र यो स्थान सम्म आइपुग्नु र टिकिरहनुको पछाडी पनि थुप्रै व्यक्तिहरुको हात छ जसले आफ्नो सारा जीवन नेपाली चलचित्र क्षत्रमा समर्पित गरेर अगाडी बढिरहेका छन् | यहि सफल ब्यक्तित्वोहरुको बिचमा रहेको एउटा नाम हो गोबिन्द शाही | उहाको कुनै एउटा नाम या उपनाम छैन | उहालाई आज मान्छेले धेरै किसिमको दर्जाबाट पनि चिन्ने गर्दछन् | उहाले नेपाली चलचित्र क्षत्रको विभिन्न विधामा आफुलाई स्थापित गराईसक्नु भएको छ | दैलेखमा जन्म भई नेपालगंजमा आफ्नो बाल्यकाल बिताउनु भएको उहाले आज भन्दा १० बर्ष अगाडी काठमाडौँ देखि आफ्नो करियरको थालनी गर्नुभएको थियो |
gobind-shahi
gobind-shahigobind-shahi
gobind-shahi
उहाले “कहाँ छौ कहाँ” नामक चलचित्रबाट एकै पटक नेपाली चलचित्र क्षत्रमा नायक , निर्माता र डिसट्रीब्यूटरको विधामा आफ्नो पाईला राख्नु भएको थियो | उहाले राखेको त्यो पहिलो पाईला एकैचोटी नै ३ वटै विधामा सफल हुन पुग्यो | चलचित्र “कहाँ छौ कहाँ” त्यो बर्षको सर्वोतकृष्ट चलचित्र रहयो | दर्शकहरुको भिडलाई हलले पनि थाम्न नसक्ने स्थिति देखा पर्यो | त्यहि आफ्नो पहिलो चलचित्रबाट नै उहाले आफुलाई सफल नायक , निर्माता र डिसट्रीब्यूटरको रुपमा सम्पूर्ण माझ स्थापित गराउन सफल रहनु भयो | उहाले आफ्नो पहिलो चलचित्रबाटै बेस्ट डेब्यु नायकको उपाधि पनि जित्नु भयो |
gobind-shahi
gobind-shahi
gobind-shahi
gobind-shahi
त्यसपछि उहाले आफ्नो कामलाई निरन्तर रुपमा अगाडी बढाउदै लैजानु भयो | त्यस पश्च्यात उहाको चलचित्र “पराई” , “संसार आफ्नै” र “आभाष” निर्माण भयो जसको निर्माण र डिसट्रीब्युसन उहा आफैले गर्नुभयो | उहाले आफ्नो यस चलचित्रहरुबाट समेत निकै प्रशंसा बटुल्दै आफुलाई अब्बल साबित गरिदिनुभयो | त्यसपछि उहा निरन्तर रुपमा डिसट्रीब्युसनमा आबद्ध हुनुभयो | त्यो बेलामा नेपाली चलचित्र क्षत्रको भबिष्य खतरामा रहेको बेला उहाको डिसट्रीब्युसनको चलचित्रले नेपाली चलचित्र क्षत्रलाई बचाउन ठुलो मदत पुर्यायो | उहाको डिसट्रीब्युसनमा तयार भएको चलचित्र “होस्टेल” , “होस्टेल रिट्रनस” , “ड्रिम्स” , “गाजलु” र अहिले आएर “वीर विक्रम” ले नेपाली दर्शकहरुको मनमा डेरा जमाएर बसेको अवस्था रहेको छ | उहाका यी सबै चलचित्र सर्वोतकृष्ट चलचित्रको दर्जामा गनियो | उहाको यो सफलताले उहाको नामलाई नेपाली चलचित्र क्षत्रको उच्च स्थानमा पुराएर राखिदियो | आज सबैको नजर उहा माथि रहेको छ |
gobind-shahi
gobind-shahi
gobind-shahi
gobind-shahi
gobind-shahi
“वान मेन आर्मी” को उपनाम उहालाई अहिले सबैले दिइरहेका छन् | सबै संग निकै मिजासिलो र सरल अनि सहज व्यवहारको कारणको सबैले उहाको सम्मान र सिरोपरी गर्दछन् | अहिले अधिकांश निर्माताहरु उहासंग काम गर्न आतुर छन् | उहाको काम प्रतिको लगाव र काम गर्ने शैलीबाट प्रभावित भएर अधिकांश निर्माताहरु उहासंग काम गर्न रुचाउछन् | उहाको काम गर्ने तरिका उहाको मेहेनत र काम प्रतिको इमान्दारिताको सबैले सम्मान र कदर गर्दछन् | आफु एक्लैले उहाले आफ्नो नामलाई नेपाली चलचित्र क्षत्रको उच्च दर्जामा पुर्याउन सफल हुनुभएको छ | आफ्नो १० बर्ष देखिको निरन्तर कसरत र निष्ठावान कर्मको कारण आज उहा यो स्थानमा उभिनु भएको छ |
gobind-shahi
gobind-shahi
आफ्नो कर्मथलो र आफ्नो सबै थोक नेपाली चलचित्र क्षत्र नै भएको हुनाले आफुले आफ्नो सारा जीवन यस क्षत्रमा नै समर्पित गरिसकेको कुरा उहाले बताउनुभएको छ | आफ्नो यस क्षत्र प्रतिको लगाव र नेपाली दर्शकहरुले यतिका लामो समय देखि प्रदान गर्दै आइरहनु भएको मायाले आफ्नो हिम्मत अझै पक्का हुदै गएको कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | आफु यो स्थान सम्म आइपुग्दा थुप्रै कठिनाईहरु आएता पनि सम्पूर्ण कुराको डटेर सामना गरेको र एकपल पनि आफ्नो पाईला पछाडी नसारेको कुराको खुलासा पनि उहाले गर्नुभएको छ | उहाले यस क्षत्रमा आबद्ध सम्पूर्ण व्यक्तिहरु प्रति सम्मान ब्यक्त गर्दै सबै मिलेर नेपाली चलचित्र क्षत्रको विकास गरेर लैजानु पर्छ भन्ने धारणा ब्यक्त गर्नुभएको छ |
gobind-shahi
वास्तविकतामा रहेर कुरा गर्नुपर्दा अहिले नेपाली चलचित्र क्षत्रको डोरो उहाको हातमा रहेको छ | नेपाली चलचित्र क्षत्रको सिरलाई माथि सम्म उचाल्ने तहको चलचित्र सबै अहिले उहाको डिसट्रीब्युसनमा रहेको छ | अब आउने तयारीमा रहेको र नेपाली दर्शकहरुलाई निकै पर्खाई रहेको चलचित्र “पुरानो डुंगा” , “घामपानी” , “कारखाना” , “लप्पन छप्पन” , “ए मेरो हजुर” , “हेप्पी डेज” , “पलास” , “डायरी” , “किङ्ग” , “हिरो रिट्रनस” लगाएतका चलचित्रहरु सबै उहाको हातमा रहेको छ | अहिलेको प्राय सबैको मुखमा गोबिन्द शाहीको नाम सुन्न पाइन्छ | आफु सधै नेपाली चलचित्र क्षत्रको प्रबर्धन र विकासमा लाग्ने र नेपाली प्रिय दर्शकहरुलाई सधैव उत्कृष्ट चलचित्र प्रदान गर्ने प्रयास गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यस्तै उहाले नेपाली देश भित्र तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई नेपाली चलचित्रलाई हेरेर माया र सम्मान गरि नेपालीपन र नेपाली कला संस्कृतिकोको जगेर्ना गर्नको लागि हृदय देखि हार्दिक अनुरोध समेत गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: