Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
संचारकर्मी समिर बलामी निर्देशित चलचित्र “द फेमस” को पहिलो गीत सार्वजनिक गरिएको छ | सार्वजनिक “गाजुल ती आँखा” बोलको गीतमा रचनाकार शंकर अधिकारी घायलको शब्द , संगीतकार सन्तोष प्रगाढ र टंक बुढाथोकीको संगीत तथा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । उक्त गीत तयार गर्न १८ महिना लागेको कुरा निर्माण पक्षले जानकारी दिएको छ | चलचित्र “द फेमस” सबै गीत एनिमेशन गरिएको नेपालको पहिलो चलचित्र रहेको दाबी गरिएको छ |
गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापा फिचरिङमा छन् । अशोक कार्कीको छायांकन रहेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् । गीतसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता ओनिल महर्जन हुन् | लव स्टोरी र पारिवारिक जेनेरामा तयार भएको चलचित्र कार्तिक १९ गते तिहारको मौका पारी दर्शकहरु माझ प्रदर्शनमा आउदैछ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: