Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत सांगीतिक आकाशमा थुप्रै ताराहरु चम्किरहेका छन् जसको प्रकाश निकै चम्किलो रहेको छ | यसतै आफ्नो चमकबाट नेपाली गीत संगीतको आकाशमा प्रकाश दिदै अगाडी बढिरहेको एउटा ताराको नाम हो रचनाकार गोपी दाहाल | बहुमुखी प्रतिभाको धनि र निकै सरल स्वभावका उनि निरन्तर रुपमा नेपाली गीत सांगीतिक क्षत्रमा अग्रसर छन् | नेपाली गीत संगीत प्रति उनको योगदान निकै नै अतुल्य रहेको छ | उनि देशबाट टाढा रहेर अर्काको भुमिमा समेत नेपाली गीत संगीतको परिवेशलाई फैलाउदै छन् |
gopi-dahal
धेरै मिठा मिठा रचनाहरु दर्शकहरु माझ प्रस्तुत गरिसकेका उनि अहिले फेरी दर्शकहरु माझ आफ्नो नया प्रस्तुतिको साथी उपस्थित भैसकेका छन् | उनको यस नया रचनाको नाम हो “इटहरीको सुकुटी” | उनको स्वयमको “प्रज्वल” एल्बममा समावेश गीतको नाम हो “इटहरीको सुकुटी” | उनको हरेक रचना नेपाली सामाजिक परिवेशलाई थाती राखेर तयार गरिएको हुन्छ | यसै बीच यस नया रचनाले पनि नेपाली पनको झल्को दिलाउछ | उनको शब्द रचनामा तयार भएको यस गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने गाएक किरण गजमेरले आफ्नो सुमधुर स्वर भरि गीतलाई अझै राम्रो आकार दिलाएका छन् | मनोज बिष्टको निर्देशनमा सन्तोष राजबाहकको नृत्य समावेश यस गीतको म्युजिक भिडियो पनि अत्ति नै सुन्दर र लोवलाग्दो बनेको छ |
gopi-dahal
आफ्नो पृथक प्रतिभाको साथमा दर्शक माझ उदाएका रचनाकार गोपी दाहाल अहिले अमेरिकामा बसोबास गर्दछन् तर उनको मन भने नेपालमा रहेको उनि बताउछन् | आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीतलाई राखेर अगाडी बढेका उनि देशबाट टाढा रहेर पनि आफ्नो देशको संस्कृति पनि जागरुक छन् | नेपाली गीत संगीतको स्थर धेरै माथि सम्मको रहेको कुरा उनले सहि ढंगले मुल्यांकन समेत गरेका छन् |
gopi-dahal
उनको रचनाहरुले नेपाली समाजको परिवेशलाई निकै आकर्षक शैलीमा बाहिर लिएर आउदछ | उनले सबै नेपाली प्रति आफ्नो सम्मान रहेको र नेपाली गीत संगीतलाई माया र सम्मान गर्ने बानी बसालौ भन्दै सम्पूर्ण दर्शक माझ बिन्ति समेत बिसाएका छन् | त्यसै गरि जस्तो सुकै परिस्थिथि आफ्नो सामु आएपनि सधैब नेपाली गीत संगीतको विकास र प्रबर्धनमा निरन्तर लागिरहने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: