Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” को पहिलो गीत सार्वजनिक गरिएको छ | लिरिकल डिजाईनमा तयार गरिएको “भ्रुम भ्रुम” बोलको गीतमा शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको रहेको छ भने संगीत पनि सुजेन्द्र डि कार्कीले नै भरेका छन् | प्रस्तुत गीतमा म्युजिक एरेञ्ज गर्ने काम किरण तुलाधरले गरेका छन् | अहिले लिरिकल डिजाईनमा गीत तयार पारेर सार्वजनिक गर्नु सामान्य भैसकेको छ तर चलचित्र “किङ्ग” निर्माण टिमले यस गीतलाई निकै नै आकर्षक हिसाबले फरक शैलीमा तयार पारेर सार्वजनिक गरेको छ | गीतमा नेपाली र अंग्रेजी शब्दको पनि मिश्रण गरिएको छ | गीत मुख्य रुपमा अहिलेको युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको छ | गीतमा समावेश संगीत पनि अरु सामान्य गीत भन्दा निकै नै फरक भएको देखिन्छ |
king
असोज २१ गते प्रदर्शन मिति तोकेको चलचित्र “किङ्ग” का निर्माता जयन श्रेष्ठ हुन् भने निर्देशक सबिर श्रेष्ठले चलचित्रलाई निर्देशन गरेका छन् | चलचित्रमा नेपाली चलचित्र क्षत्रका एक्शन किङ्ग मानिने नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् | चलचित्रमा उनि संगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेका छन् | चलचित्रले केहि समय अगाडी मात्र आफ्नो शुटिंगको सम्पूर्ण काम सकेर चलचित्रको फर्स्टलुक तस्बिरहरु सार्वजनिक गरेको थियो | सार्वजनिक फर्स्टलुक तस्बिरहरुले नै दर्शकहरुको मनमा चलचित्र प्रतिको उत्सुकता निकै नै बढाएको अवस्था रहेको छ | रामजी लामिछानेको नृत्य समावेश चलचित्रमा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामले सुमधुर संगीत भरेका छन् | चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ | चलचित्रका व्रान्ड म्यानेजर अतुलराज मैनाली रहेका छन् |
king
उसो त चलचित्र निर्माणमा आफुहरुले कुनै किसिमको कम्प्रोमाइज नगरेको कुरा निर्माता जयन श्रेष्ठले बताउदै आउनुभएको छ | नेपाल बाहिरबाट फिल्म मेकिङ्ग सम्बधि अध्यन र अनुभव हासिल गरेर आउनु भएका निर्माता जयन श्रेष्ठले चलचित्र “किङ्ग” नेपाली दर्शकहरुको चलचित्र रहेको र दर्शकहरुको सहि मुल्यांकन नै आफ्नो लागि ठुलो कुरा रहेको उल्लेख गरु भएको छ | नेपाली चलचित्र क्षत्रको परिवेशलाई केहि सहि दिशा तर्फ मोडेर नेपाली दर्शकहरुलाई पूर्णरुपमा मनोरंजननात्मक चलचित्र प्रदान गर्ने कोसिस आफुले गरेको विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यस्तै चलचित्रका निर्देशक सबिर श्रेष्ठले आफुले पनि निर्देशनमा कुनै कमि कमजोरी नछोडेको प्रतिक्रिया दिनुभएको छ | निर्देशक सबिर श्रेष्ठले नेपाली चलचित्र क्षत्रलाई थुप्रै सुपरहिट चलचित्र दिसकेका छन् |“कसले चोर्यो मेरो मन”, “काली”, “हमेशा”, “तथास्तु” र “रामप्यारी” जस्ता सुपरहिट चलचित्र निर्देशक सबिर श्रेष्ठले नै तयार पारेका हुन् | उनि नेपाली चलचित्र जगतका अनुभवी र कुशल दक्ष निर्देशकका रुपमा परिचित छन् | नेपाली दर्शकहरुको टेस्टलाई निकै नै राम्रो संग नियालेका उनले नेपाली दर्शकहरुलाई सधै केहि नया कुराहरु प्रस्तुत गर्ने कोसिस गरिरहेका छन् |
king
चलचित्रले अहिले पर्चार प्रसारको लागि तयारी गरिरहेको छ | करोड भन्दा माथि बजेट पुगिसकेको चलचित्र किङ्ग निर्माण टिमले आफुहरुले चलचित्र निर्माणको हिसाबमा चलचित्रको प्रचार प्रसारमा समेत कुनै कमि कमजोरी नछोड्ने कुरा उल्लेख गरेका छन् | चलचित्रले आफ्नो पहिलो गीत सार्वजनिक गरे संगै अब चाडै नै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको कुरा निर्माण टिमले जानकारी दिएको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्र निकै नै राम्रो बनेको र दर्शक माझ पूर्ण रुपमा चर्चा कमाई अत्याधिक रुपमा सफल रहने विश्वास उहाले व्यक्त गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: