Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा धेरै कलाकारहरुको आगमन भैसकेको छ | कतिपय कलाकारहरु नेपाली चलचित्र क्षत्र संग मात्र नभएर अरु थुप्रै क्षत्र संग जोडिएका छन् | यस्तै एउटा कलाकारको नाम हो नायक सोहित मानन्धर | उनि नेपाली चलचित्रका नायक बाहेक एक कुशल ईन्जिनियर हुन् | उनि ईन्जिनियरको पढाई सकेर पनि नेपाली चलचित्र क्षत्रमा रुमलिरहेका छन् | उनले नेपाली चलचित्र “रिदम” बाट यस क्षत्रमा प्रवेश गरेका हुन् | चलचित्र त्यो बेलामा हिट समेत भयो | त्यसपछि उनको दोस्रो चलचित्र “नाई नभन्नु ल २” रहेको थियो र त्यो चलचित्र समेत हिट लिस्टमा पर्न सफल भयो | उनि “रिदम” देखि “हिटलर” सम्म आइपुग्दा उनले आफुलाई निकै निखारी सकेका छन् | उनि निकै मेहेनती र सरल कलाकारमा पर्दछन् | आफ्नो कामलाई निकै नै महत्वोपूर्ण रुपमा लिने र निकै नै जिम्मेवारीको साथमा पुरा गर्ने उनको खुबी हो |
sohit-manandhar
अहिले उनि आफ्नो नया चलचित्र “हिटलर” को तयारीमा जुटेका छन् | अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक सौरव ढकालले निर्देशन गर्नेछन् | यस चलचित्रमा नायक सोहित मानन्धर लिड रोलमा देखिदैछन् | कम्प्युटर ईन्जिनियरिङका विधार्थी सोहित एक्टर स्टुडियोबाट अभिनय कला सिकेसँगै नेपाली रजतपटमा उदाएका थिए । हप्तैपिच्छे रिलिज हुँदै आउने फिल्ममा नयाँ अनुहारहरु प्रवेशको लहर चलिरहँदा आफ्नै भित्रि परिचयका साथ स्थापित हुने सोच राखेका सोहित ‘हिटलर’ बाट स्थापित अभिनेताको रुपमा चिनिने तरखरमा रहेका छन् | उनि अष्टनारायण हल सञ्चालक त्रिरत्न मानन्धरका सुपुत्र हुन् तर उनि बुवाको नामबाट भन्दा पनि आफ्नो मेहेनतले केहि गर्ने विश्वासको साथ अगाडी बढिरहेका छन् |
sohit-manadhar
अहिले चलचित्र “हिटलर” को लागि कलाकारहरुको खोजि कार्य भैरहेको छ | यसै सिलसिलामा चलचित्र निर्माण टिमले कलाकार पूर्तिको लागि आबेदन समेत खोलेको छ | चलचित्र “हिटलर” निकै नै राम्रो र पृथक चलचित्र हुने भएकोले नया र अब्बल कलाकारहरुको खोजि आफुहरुले गरिरहेको कुरा निर्देशक सौरव ढकालले बताउनु भएको छ

Leave a Reply

%d bloggers like this: