Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
लेखक जगदिश्वर थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘राधे’ ले अन्ततः कलाकार छनोट टुंग्याएको छ । निर्माता सुशील पोखरेलले फिल्ममा प्रियंका कार्की अनुबन्दित भएको पुष्टि गरे । फिल्ममा यसअघि नै निखिल उप्रेति, प्रमोद अग्रहरी र आशिष्मा नकर्मी फाइनल भइसकेका थिए ।
निखिल र प्रियंकाले एकसाथ स्कृन सेयर गर्न लागेको यो पहिलो पटक हो । चलचित्र भदौको पहिलो हप्ता शुटिंग फ्लोरमा जानेछ । दुई दिन अगाडिमात्र अमेरिकाबाट फर्किएकी प्रियंकाले आए लगत्तै यो फिल्म साइन गरेकी हुन् ।
५ वर्षपछि ‘भैरव’ मार्फत् कमब्याक गरेका निखिलको यो ५ औं फिल्म हो । उनले यही वर्ष मात्र ‘संरक्षण’, किङ’ र ‘निर्भय’ को सुटिङ सकाइसकेका छन् ।
यसअघि सुशील पोखरेलले थुप्रै नयाँ पूराना अनुहार हेरेपनि चित्त बुझाएका थिएनन् । निर्माता सुशील पोखरेलले यसअघि “निगरानी”, “बडीगार्ड”, “लभसभ” जस्ता फिल्म निर्माण गरिसकेका छन् ।

Leave a Reply

%d bloggers like this: