Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वको लागी चलचित्र विकास वोर्डको हलमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पछिल्लो अपडेट अनुसार नयाँ नेतृत्व चयनको लागी निर्देशकहरुको उमेद्वारी दर्ताको क्रम सकिएको छ ।
निर्देशक समाजको तीन बर्षे नयाँ कार्यकालको लागी अध्यक्ष पदको लागी दुईजना प्रतिस्पर्धामा उत्रेका छन् । निर्देशक सुचित्रा श्रेष्ठ र राजु केसीले अध्यक्ष पदको लागी उमेद्वारी दिएका हुन् । केहि राजनीतिक गन्ध देखिए पनि श्रेष्ठ र केसीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेसको तर्फबाट उमेद्वार बनेकी सुचित्राले एमाले निटक निर्देशकहरुको पनि साथ पाएकी छिन् भने केहि माओवादी निकट निर्देशकहरुको पनि समर्थन छ । उता केसी भने प्रचण्ड नेतृत्वको माओवादीको तर्फबाट मैदानमा उत्रिएका हुन् । उनले कांग्रेसकै केहि मत विभाजन गर्दै आफ्नो पक्षमा पर्ने दाबी गर्दै जित्ने आशा व्यक्त गरेका छन् ।
यस्तै दुई उपाध्यक्ष पदको लागी दिपक खाँड, रक्षासिंह राणा र प्रमोद भण्डारीको उमेद्वारी परेको छ ।
महासचिवमा पदमा भने निर्देशक गोपालचन्द्र लामिछाने निर्विरोध चयन भएका छन् । रामशरण उप्रेती मैदानमा उत्रिएको भए पनि पछि उनले उमेद्वारी फिर्ता लिएपछि लामिछाने निर्विरोध महासचिव बनेका हुन् । कोषाध्यक्षको लागी विश्वमणी घिमिरे र रंग पत्रकार समेत रहेका समिर बलामीले उमेद्वारी दिएका छन् ।
सचिव पदको लागी जनकद्विप पराजुली र सेखर खनालबीच टक्कर हुने पक्का देखिएको छ । यस्तै सह कोषाध्यक्ष पदको लागी शिव घिमिरे र राजु अधिकारीबीच प्रतिस्पर्धा निश्चित भएको छ भने ६ सदस्य पदको लागी १० जनाको उमेद्वारी परेको छ ।
जसमा अरुणकुमार प्रधान, जनक खड्का, समुन्द्र भट्ट, अजित लामिछाने, आरविके शरद, रमेश पोखरेल, सानु शाक्य, दुर्गाप्रसाद नेम्वाङ, घनश्याम लामिछाने र रञ्जित राणाको उमेद्वारी परेको हो ।
मुख्य सहायक निर्देशकको तर्फबाट प्राप्त गर्ने दुई सदस्य पदमा भने हरी शिलवाल र पवन प्रसाद खतिवडा निर्विरोध भएका छन् । ११८ जना निर्देशकहरुले मतदान अधिकार पाएको समाजको निर्वाचनमा ३० मिनेटपछि नयाँ नेतृत्वको लागी मतदान प्रक्रिया सुरु हुनेछ ।
यसअघि शनिबार बिहान सम्पन्न उद्घाटन सत्रमा पुर्व कार्यकालको समिक्षा भएको थियो । पुर्व बनेका अध्यक्ष दिनेश डिसीले आफ्नो कार्यकालको प्रगती विवरण सुनाउँदै काम गर्न खोज्दा खोज्दै पनि नपाएको गुनासो पोखेका थिए ।

Leave a Reply

%d bloggers like this: