Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
संगीतकार चेतन सापकोटाले आफू काम विहिन भएको बताएका छन् । मंगलबार भएको एक कार्यक्रममा उनले आफूलाई कुनै पनि निर्माताले संगीतका लागि नपत्याएको गुनासो गरे ।
‘म अरु जस्तो झुटा बोल्दिन । मसँग संगीत गर्नलाई एउटा पनि फिल्म छैनन् । कसैले काम दिए आभारी हुने थिएँ,’ कार्यक्रममा चेतनले दुखेसो गरे ।
उनले आफू अभागी संगीतकार भएको पनि बताए । ‘आफूले राम्रो संगीत गरेका फिल्म कि त फ्लप हुन्छन् कि त बल्ल बल्ल रिलिज हुन्छन् । अभागीको अभागी नै रहने भएँ । निर्माता भएको त्यसबाट पनि एक पैसा हात परेन’ चेतनले भने ।
चेतनले निर्माण गरेको फिल्म ‘भाग सानी भाग’ फ्लप भएको थियो । उनले फिल्म निर्माण गरेर गल्ती गरेको पनि बताए । चेतनले भने, ‘यो त अरुलाई पोस्ने काम रहेछ । बक्स अफिस नबनेसम्म फिल्म बनाउँदिन । बनाउने खोज्नेलाई पनि यही सल्लाह दिन्छु ।’

%d bloggers like this: