मनोरंजनसंसार डटकम
बलिउड अभिनेता शाहिद कपुरले आफ्ना फिल्म निर्देशक विशाल भारद्वाजलाई हलिउडका नामी फिल्म निर्देशक मार्टिन सोक्रेजसँग तुलना गरेका छन्। शाहिदले विशाल निर्देशित फिल्महरूबाट सबैभन्दा प्रशंसा पाएका छन्।
सोहि कारणले उनले विशाललाई हलिउडका ट्याक्सी ड्राईभर, रेजिङ् बुल, सट्रिट तथा द उल्फ अफ वालस्टिर्ट जस्ता एकसे एक फिल्मका निर्देशकसँग तुलना गरेका हुन्। शाहिद हाल विशाल भारद्वाजको निर्देशनमा बनिरहेको रङ्गुन फिल्ममा काम गरिरहेका छन्। उनले यसअघि विशालको ‘हैदर’ तथा ‘कमिने’ जस्ता फिल्ममा काम गरिसकेका छन्।
विशाल भारद्वाजसँग काम गर्दा कस्तो लाग्छ भनेर सोधिएपछि शाहिदले यस्तो बताएका हुन्। उनले भने, ‘ विशाल सरसँग काम गर्दा एकदमै राम्रो लागिरहेको छ। मेरो विचारमा उनी मेरा मार्टिन सोक्रेज हुन्। उनले मलाई तेस्रोपटक फिल्ममा लिएका छन्। यो मुलधारको फिल्म हो र उनीसँग प्रत्येकपटक काम गर्दा मलाई खुशी मिल्दछ।’
