Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
गीत, संगीत र नृत्यलाई आफ्नो प्रमुख पेसा बनाउनेलाई समाजमा राम्रो दृष्टिले हेरिँदैन । अझ राज्यले गीतसंगीतकर्मीलाई त्यति महत्त्व दिएको पाइँदैन । त्यसैले यो क्षेत्र अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेको छैन । पहिले–पहिलेका धनाढ्य या साहू महाजनले आफ्नो मनोरञ्जनका लागि घरमै देश/विदेशबाट गायक र नृत्यंगनालाई बोलाउने गर्थे । अहिले पनि केही ठाउँमा यो अवशेषको रूपमा कायमै छ । तर, केही स्थान विशेषलाई छाडिदिने हो भने आम्दानीको राम्रो माध्यम गीतसंगीत बनेको अवस्था छ ।
'PUNK: Chaos to Couture' Costume Institute Gala at The Metropolitan Museum of Art Featuring: Beyonce Knowles Where: New YorkCity, NY, United States When: 06 May 2013 Credit: Caroline Torem Craig/WENN.com
खासगरी युरोप र अमेरिकामा यो क्षेत्रबाट मनग्ये आम्दानी गर्नेहरू पनि छन् । यसैबाट आम्दानी गरेर धनाढ्यको सूचीमा समेत पर्न केही व्यक्ति सफल भएका छन् । गाएरै वा नाचेरै अमेरिकाको सार्वाधिक धनाढ्य मध्येकी एक हुन् ३४ वर्षीया बेयोन्स गिसेल्ले नोलेस–कार्टर । उनको सम्पत्तिको स्रोत म्युजिक अर्थात संगीत नै हो । अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने उनी गत वर्ष फोब्र्सको सय जना सेलिब्रेटीहरूको सूचीमा परेकी थिइन् ।
 beyonce giselle
फोर्ब्स अखबारका अनुसार सन् २०१५ मा सय जना सेलिब्रेटीहरूमा उनी २९ औं स्थानमा थिइन् । सन् २०१४ मा भने उनी पहिलो नम्बरमा थिइन् । अघिल्लो वर्ष उनी अमेरिकाको सेल्फ–मेड धनाढ्य महिलाहरूको सूचीमा ४९ औं स्थानमा र शक्तिशाली महिलामा २१ औं स्थानमा रहेकी थिइन् ।
टेक्सासको हस्टनमा ४ सेप्टेम्बर १९८१ मा जन्मिएका नोलेस एक जना अमेरिकी सिंगर हुन् । उनी गीतकार, रेकर्ड प्रड्युसर र नायिका पनि हुन् । बाल्यकालमै उनको इन्ट्रेस्ट नाचगानमा बढी नै थियो । त्यसैले होला बाल्यकालमै उनी धेरै प्रतियोगितामा सामेलसमेत भइन् । उनले आफ्नो पर्फोर्मेन्स राम्ररी देखाएकाले सन् १९९० ताको अन्त्यतिर खुबै लोकप्रिय भएकी थिइन् ।
 beyonce giselle
उनकै कारण त्यसताका आर एन्ड बी गल्र्स ग्रुप ‘डेस्टिनिज चाइल्ड’ प्रमुख चर्चामा थियो । उक्त समूहको व्यवस्थापन उनका बुबा माथ्यु नोलेसले गरेका थिए । पछि उक्त समूह विश्वकै ‘बेस्ट–सेलिङ गल्र्स ग्रुप’ बनेको थियो । नोलेसको लोकप्रियता बढेसँगै उनले सन् २००३ मा ‘डेन्जरसली इन लभ’ एल्बम सार्वजनिक गरिन् । उक्त एलबमले उनलाई विश्वभर ‘सोलो आर्टिस्ट’ का रूपमा स्थापित गरिदियो । उनी पाँच ग्रामी अवार्ड हात पार्न समेत सफल भइन् ।
सन् २००६ मा बेयोन्स नोलेसले दोस्रो सोलो एलबम बी’डे सार्वजनिक गरिन् । जसमा चर्चित गीतहरू ‘डेजा भू’, इर्रेप्लेसिएबल’ र ‘ब्युटीफुल लाइएर’ समेटिएका थिए । उनले सन् २००६ मा ड्रिम गल्र्समा आफ्नो परफोर्मेन्स देखाउन सफल भएकी थिइन् । त्यसपछि उनले ‘टी पिंक प्यान्थर (२००६) र अबसेस्सड(२००९) मा भूमिका निर्वाह गरिन् । उनले जे जेडसँगको विवाहपछि तेस्रो एलबम ‘आई एम सासा फिएर्स (२००८) सार्वजनिक गरिन् ।
Beyoncé-Giselle-Knowles
यो एलबम यति चर्चित भयो कि उनलाई सन् २०१० मा उनलाई विभिन्न आधा दर्जन विधामा ग्रामी अवार्ड दिलायो । बेयोन्स नोलेसले सन् २०११ मा चौथो एल्बम ‘फोर’ निकालिन् । यस एल्बममा उनले सन् १९७० ताकाका फंक, १९८० ताकाका पप र १९९० ताकाका सोलको सम्मिश्रण थियो । यसैगरी उनले सन् २०१३ मा पाँचौ एल्बम बेयोन्स सार्वजनिक गरेकी थिइन् । सन् २०१६ मा उनले छैटौं एल्बम ‘लेमोनेड’ बजारमा ल्याइन् । यो एल्बम सार्वजनिक भएको छोटो समयमै उनले यसै नामको सानो चलचित्रसमेत बनाएकी थिइन् ।
आफूलाई ‘आधुनिक नारीवादी’ का रूपमा परिचय दिन मन पराउँछिन् । नोलेसको जन्म सम्पन्न परिवारमा भएको होइन । उनकी हेयरड्रेसर र स्यालुनकी मालिक थिइन् भने बुबा जेरोक्सको सेल्स म्यानेज थिए । बेयोन्सले हस्टनस्थित सेन्ट म्यारी मोन्टेसरी स्कुलमा पढेकी हुन् । स्कुलमा उनले नृत्य कक्षासमेत लिएकी थिइन् । उनको गायन प्रतिभाको तब मात्रै प्रस्फुटन भयो जब नृत्य प्रशिक्षक डार्लेट जोन्सनले गीत गाउन लगाएपछि उनले त्यो सफलतापूर्वक पूरा गरिन् । बेयान्सले १५/१६ वर्ष उमेरमै दर्जनभन्दा बढी पुरस्कारहरू
जितिसकेकी थिइन् ।
beyonce-giselle
विकिपेडियाका अनुसार बेयान्स र उनका श्रीमान् जे जेड अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेली ओबामासँग मित्रता छ । उनले सन् २००९ मा ‘अमेरिका द ब्युटिफुल’ गीतमा आफ्नो परफोरेन्स देखाएर राष्ट्रपति बाराकलाई मन्त्रमुग्ध बनाउन सफल भएकी थिइन् । पछि बेयोन्स र जे जेडले ओबामाको सन् २०१२ को राष्ट्रपति निर्वाचन अभियानका लागि म्यानहट्टनमा ४०/४० क्लब खडा गरी आर्थिक स्रोत जुटाउन सहयोग गरेका थिए । त्यस अभियानबाट ४ मिलियन अमेरिकी डलर उठेको थियो । फोब्र्सका अनुसार बेयोन्स नोसेलको कुल सम्पत्ति २५० मिलियन अमेरिकी डलर छ । उनले यो सम्पत्ति गीत/संगीतबाटै जुटाएकी हुन् ।

%d bloggers like this: