Thu. Mar 28th, 2024

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन ‘गाजलु’ निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् ।
rohit-adhikari
निर्माता अधिकारी र कलाकार, मोडल तथा लण्डन प्रिमियरको चाँजोपाँजो मिलाएका प्रशान्त ताम्राकार शुक्रबार साँझ त्रिभुवन विमानस्थलबाट लण्डनको लागी उडेका थिए ।
gajalu
लिड अभिनेता अनमोल केसी पनि उक्त प्रिमियरमा सहभाागी हुने भनिएपनि अनमोल भने प्राविधिक कारणबस केहि दिन पहिले काठमाडौं फर्किसकेका छन् । भव्य रेड कार्पेट प्रिमियरपछि निर्माता अधिकारी र अभिनेत्री सृष्टि जुन १ तारिखमा नेपाल फर्किने कार्यक्रम छ ।
gajalu
त्यसपश्चात जुन १० अर्थात जेठ २८ मा हुने नेपाल रिलिजको लागी प्रचारप्रसारमा अनमोलसँग सृष्टि जोईण्ड हुनेछिन् । हेमराज बिसी निर्देशित फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, गौरी मल्ल लगायत अभिनयमा छन् ।
फिल्मलाई पछिल्लो समयको प्रतिच्छित फिल्मको सुचीमा राखिएको छ । सोलो रिलिजको अबसर पाएको ‘गाजलु’को जेठ २७ गते राजधानीमा प्रिमियर हुनेछ ।
हेर्नुस ट्रेलर:

हेर्नुस गीत :

%d bloggers like this: