Thu. Apr 25th, 2024

13052016040533BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_06-1000x0
राजधानीको टुँडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन बलिउड नायिका सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी छन् । कार्यक्रममा उनीसँगै मलाईका अरोरा पनि बलिउडबाट प्रतिनिधित्व गर्ने छिन् । मलाईका भने बेलुका मात्रै आईपुग्ने बताइएको छ ।
13052016030739sona-1000x0
13052016040530BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_02-1000x0
क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोनाक्षी बाहिरिएकी थिइन् । सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो । उनले चार घन्टाअघि मात्रै आफू काठमाडौं आउन लागेको भन्दै ट्वीटमा लेखेकी थिइन्– ‘लेट्स डान्स’ । उनलाई आयोजकले सोल्टी होटलमा लगेको छ ।
13052016040532BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_05-1000x0
13052016040533BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_04-1000x0 (1)
सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् । ‘राईजिंग फ्रम त एसेस’ नारा दिइएको उक्त कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको सैनिक श्रीमती संघ नेपालले जनाएको छ ।
13052016040533BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_04-1000x0
13052016040534BOLLYWOOD_ACTRESS_SONAKSHI_SINHA_AT_TIA_08-1000x0

%d bloggers like this: