Wed. Apr 24th, 2024

अभिनेत्री गरिमा पन्त बिहे गरेर केहि समय देखी बेल्जियममा छिन् । त्यहाँका रेष्टुरेन्ट ब्यापारी हरि थपलिया संग बिहे गरेपछि गरिमाले अहिले सम्म फिल्म खेलेकी छैनन् । भने,चलिचित्रमा अहिले उनी निस्क्रिय छिन् ।
resize_image
तर,उनले सामाजिक सेवामा हात हाल्ने भएकी छिन् । अहिले सम्म सामाजिक कार्य बाट टाढा रहेकी गरिमाले आफुले अध्ययन गरेको श्री मित्रता उच्च माबि र आफ्नो उनको गाउँमै रहेको मस्र्याङदी सामुदायिक विद्या मन्दिरलाई सात लाख रुपैंया सहयोग गर्ने घोषणा गरेकी छिन् । गरिव एवं जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गर्न लागेको गरिमाको फेसबुकमा उल्लेख छ ।
गरिब एवं जेहेन्दार विद्यार्थी सहायता अक्षयकोष स्थापना गर्ने निर्णय गरेका छौं । सो रकम दुबै विद्यालयलाई बराबर हुने गरि हस्तान्तरण गर्नेछौं ।’ उनले स्ट्याटसमा लेखेकी छिन् ।
grima-panta-new-pic-filmybazar-768x585
उनले बुबा इन्द्रबहादुर पन्त र आमा माया पन्तको संयुक्त नाममा ‘गरिब र जेहेन्दार विद्यार्थी सहायता अक्षयकोष’ स्थापना गरी सहयोग गर्न लागेको बताएकी छिन् ।

%d bloggers like this: