Thu. Apr 25th, 2024

काठमान्डौ ब्रेन ट्युमरको समस्याबाट ग्रसित नेपाल प्रेस युनियनका सचिव पत्रकार चर्चित शब्द संकलक सुर्य कुमार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पताल बिहिबार निधन भएको छ
ब्रेन ट्युमरको समस्याबाट ग्रसित भै लामो समय देखि उपचार गराउदै आएका क्षेत्री नेपाली कला डट कमका सम्पादक हुन्र तथा उनी लामो समय देखि उज्यालो ९० नेटवर्कमा काम गर्दै आएका थिए l शनिबार प्रसारण हुने नेपाल दर्पणमा प्रसारण हुने रंग दर्पण चलाउने क्षेत्रीको मंसिर १७ गते अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया भएको थियो।
उनले औठी चिनो छ, पानी कुवाको ,रुमाल रुझाउछु लगाएत थुप्रै लोक तथा आधुनिक गीतहरु लेखेका उनले पत्रकारीतासँगै कलाकारीताबाट समेत समाजलाई सुसुचित गराउन आफ्नो कलम निरन्तर चलाउँदै आउनुभएका क्षेत्रीको निधनले नेपाली कलाकारीता र पत्रकारीतालाई ठुलो क्षति भएको छ

%d bloggers like this: