Thu. Mar 28th, 2024

Nepali-Movie-classic in namrata
माघ २९ गते रिलिज हुने अर्को सिनेमा ‘क्लासिक’ले अफिसियल गीति [भिडियो] सार्वजनिक भएको छ ।
ताराप्रकाश लिम्बुको संगीत र डा.कृष्णहरी बरालको शब्द रहेको ‘प्रकृतिको सुन्दर सृष्टि’ बोलको गीतमा मेलिना राईको स्वर रहेको छ । नायिका नम्रता श्रेष्ठ फिचरिङ भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन, भिडियो कलात्मक बनाउन मेहेनत गरिएको छ ।
दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ मा नम्रता र आर्यन मुख्य भूमिकामा छन । नायक सिग्देल र निर्माता सुवास गिरीले यो सिनेमा निर्माण गरेका हुन।

%d bloggers like this: