Thu. Apr 25th, 2024

चलचित्र ‘लक्ष्य’को शनिबार राजधानीमा एक कार्यक्रमकाबिच फस्ट लुक्स र ट्रेलर प्रदर्शनीगरिएको छ । आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए ।sabin-lakshya
सविनको यो चलचित्रमा जर्बजस्त एक्सन गरेका छन् भन्ने देखिन्छ । मिलनआले मगरेको निर्देशनमा तयार भएको यो चलचित्रमा किरण गुरुङको लगानी छ । चलचित्रमा नायिका अनु शाह र सारिका केसीलाई पनि देख्न सकिन्छ । निर्देशक मिलनले चलचित्र उत्कृष्ट र दमदार बनेको बताए । उनले दर्शकको मनोरञ्जनका लागि चलचित्र बनाएकाले आफू ढुक्क रहेको बताए ।
अभिनेता सबिन श्रेष्ठले लक्ष्य पूर्ण एक्सन चलचित्र भएकाले दर्शकले भरपूर मनोरञ्जन पाउने दाबी गरे भने अभिनेत्री सारिका केसीले निकै मिहिनेतका साथ काम गरेकाले धेरै आशा राखेको बताइन् ।
चलचित्रमा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको छायांकन लामो समयसम्म भएकाले पनि निर्माताको करोड बजेट खर्च भैसकेको बताइन्छ ।
https://youtu.be/_NDGAEAo3EE

%d bloggers like this: