Sat. Apr 20th, 2024

चलचित्र ‘वडा नम्वर ६ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्रल लिएर सेन्सर बोर्ड पुगेका निर्माता दिपकराज गिरी, केदार घिमिरे माग्ने बुढा तथा निर्देशक उज्जवल घिमिरे सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि खुशी देखिएका छन् । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्ना अभिभावकहरुलाई साथमा मात्र सिनेमा हेर्न पाउनेछन् ।हाँस्यकलाकारहरुको बाहुल्यता रहेको चलचित्र वडा नम्बर ६ लाई हेरेर सेन्सर बोर्डका सदस्यहरु पनि निकै मज्जाले हाँसेका थिए । चलचित्रमा कमेडीसँगै केही एक्सनका दृश्यहरु पनि भएकोले  पिजी सर्टिफिकेट दिएको अनुमान गरीएको छ । Woda-number-6
असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राईलाई हिरोको रुपमा देख्न पाईने  छ भन्ने यस चलचित्रमा यि हिरोहरुलाई नायिका प्रियंका कार्कीले साथ दिएकी छिन् ।

%d bloggers like this: