Thu. Apr 18th, 2024

मधेशका कुरालाई गम्भिर तरिकाले उठान गरेको र मधेशमा आन्दोलन चलिरहेका कारण ‘भैरव’ लाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार गृह मन्त्रालयका व्यक्ति र केहि सभासद्लाई चलचित्र देखाएपछि सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।bha
केहि डरलाग्दा एक्शनका कारण चलचित्रलाई पिजी सर्टिफिकेट दिएको हो । अब चलचित्र १६ बर्षभन्दा मुनीका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ । चलचित्रले उक्त सर्टिफिकेट पाएपछि चलचित्रका निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेती खुसी देखिएका छन् । प्रदर्शन मिति नजिकदै गर्दा सेन्सर बोर्डले झमेला खडा गरिदिएपछि तनाबमा देखिएका निखिल अब चलचित्र भदौ ११ गते प्रदर्शनमा ल्याउन कुनै कठिनाई नभएको बताएका छन् ।
चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा छन्न भन्ने अन्य कलाकार  अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।

%d bloggers like this: