Thu. Mar 28th, 2024

mikka

बलिउडका चर्चित गायक मिका सिंहले लाइभ कन्सर्टका क्रममा एक डाक्टरलार्इ थप्पड हानेका छन् । उनले दक्षिणी दिल्लीमा लाइभ कन्सर्टका क्रममा एक डाक्टरलार्इ थप्पड हानेको घटना प्रहरीमा दर्ता भएको छ ।  शनिबार पश्चिम दिल्लीमा डाक्टरहरुको एक समूहले आयोजना कर्न्सटमा सिंहले स्टेजमा आएका एक डाक्टरलाई झापड हानेको भिडियो सार्वजनिक भएको थियो। मिकाले कुटपिट गरेका डाक्टरको नाम श्रीकान्त रहेको छ । उनी अम्बेडकर अस्पतामा नेत्र रोग विशेषज्ञ रहेका छन् ।   मिंकाले झापड हानेपछि अन्य डाक्टरले उनलाई हातपातको प्रयास गरेका थिए। प्रहरीले तत्कालै स्थितिलाई नियन्त्रण लिएको दिल्ली प्रहरीले जनाएको छ। मिंकाको झापडबाट घाइते भएका डाक्टर सुशान्तलाई अस्पताल भर्ना गरिएको छ। प्रहरीले मिंका विरुद्ध इन्दरपुरी प्रहरी स्टेशनमा कुटपिट मुद्दा दर्ता गरेको छ।

%d bloggers like this: