Thu. Apr 25th, 2024

स्वर्गीय चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अमेरिकामा मरणोपरान्त अमर तारा’ उपाधिबाट सम्मान गरिने भएको छ । सानो उमेरदेखि नै आफ्नो अभिनय क्षमतामार्फत रंगमञ्चसँगै फिल्म क्षेत्रमा पु(याएको योगदान स्वरुप अमेरिकाबाट सञ्चालन हुँदै आएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गर्नलागेको हो । टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठका अनुसार आगामी अप्रिल २६ मा अमेरिकाको वासिङ्टन डिसीमा हुने विशेष कार्यक्रममा श्रेष्ठकी पत्नी स्वेतालाई उक्त सम्मान हस्तान्तरण गर्न लागिएको हो ।

shree

बाल्यकालदेखि नै श्रीकृष्णले नेपाली कला क्षेत्रमा ठूलो योगदान पु¥याएका थिए, स्वच्छ, निश्कलंक, मिलनसारसँगै उनको बहुमुखी प्रतिभाको कदर गर्दै मरणोपरान्त सम्मान दिन लागेका हौं,’राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने,। सम्मान स्वरुप हामी ताम्रपत्र प्रदान गर्नेछौं ।’ टेलिभिजनकै पहलमा श्रेष्ठ अभिनित अन्तिम फिल्म कोहिनुरको अमेरिकाका कोलोराडो, एटलान्टा, क्योरोलिनमा प्रदर्शन भईसकेको छ भने निकट भविष्यमै वोष्टन, न्यूर्योक र पेन्सनभेनियालगायतका राज्यमा पनि प्रदर्शन हुँदैछ । नेपाली फिल्मको इतिहासमा सर्वाधिक रकम कमाउन सफल फिल्मको प्रदर्शनका लागि अभिनेत्री स्वेता र फिल्मका कोरियोग्राफर बसन्त श्रेष्ठ हाल अमेरिकामै छन् ।

%d bloggers like this: