Fri. Jan 24th, 2025

दर्शकहरुको बहुप्रतिक्षाको चलचित्रको रुपमा हेरिएको फिल्म ‘नाईँ नभन्नू ल ३’को अर्को नयाँ गीत रिलिज भएको छ । ‘यो मन बरु ढुँगा भए हुन्थ्यो’ बोलको सार्वजनिक गीतमा बाल संयोग योगीको स्वर रहेको छ । वसन्त सापकोटाले संगीत रहेको यस गीतलाई फिल्मका निर्माता एवम् लेखक विकास आचार्यले लेखेका हुन। सार्वजनिक वियोगान्त गीतमा प्राय सबै कलाकारहरु पिडामा छटपटिरहेको देख्न सकिन्छ ।

nai-nannula-la-3-banner

मुस्कान ढकालले निर्देशन गरेको नाईं नभन्नु ल ३मा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, सुरज सिंह ठकुरी, सफला भट्टराई, संयम पुरी, आश्मा डिसीलगायतको अभिनय छ । गत वर्ष रिलिज भएको यस फिल्मको दोस्रो श्रृखंला गत वर्षकै सर्वाधिक व्यापार गर्ने नेपाली फिल्म बनेको थियो। धेरैले सो श्रृखंलाको व्यवसायिक सफलतामा फिल्मको लोकप्रिय संगीतलाई कारक ठानेका थिए। दर्शकहरुले फिल्ममा यूट्यूबबाट हिट बनेका बालगायक प्रेम परियारको स्वरलाई अत्याधिक रुचाएका थिए। रिलिज गरिएको तेस्रो गीतलाई सुनेर शीर्षगीत पनि गाएका संयोग योगीको स्वर पनि प्रेम परियारको स्वर जत्तिकै प्रशंसित हुन्छ कि हुँदै त्यो हेर्न बाँकी छ। यो चलचित्र चैत २७ गतेदेखी अलनेपाल प्रदर्शनमा आउन लागेको छ ।