Thu. Dec 26th, 2024

केहि दिन अगाडी मात्रै पाकिस्तानस्थित नेपाली राजदुतावासको निम्तामा पाकिस्तान गएको नेपाली लोक शास्त्रीय संगीत समूह ‘सुकर्म’ले नेपाली लोकधुन प्रस्तुत गरेको छ । लाहोरस्थित द लाहोर आर्ट काउन्सिलको प्रेक्षालयमा करिब सातसय बढि दर्शकहरुलाई सुकर्म समूहले आफ्संनो संगीतमा झुमाए। पाकिस्तानमा नेपाली कार्यक्रम हेर्ने अबसर करिब तीन दशकपछि पहिलो पटक जुरेको हो। धुर्वेशचन्द्र रेग्मीको सितार, पण्डित होमनाथ उपाध्यायको तबला, भरत नेपालीको सारङ्गी र उमेश पण्डितको बाँसुरीमा दर्शकहरुले आनन्द लिए।

sastriya

उनीहरुले विभिन्न शास्त्रिय रागहरुमा आधारित कम्पोजिसन तथा लोक शास्त्रिय फ्यूजन सङगित सुनाएका थिए। सो कार्यक्रममा लाहोरमा रहेका पाकिस्तान सरकारका उच्च पदस्थ कर्मचारीहरु, उद्योगी, व्यवसायी, कला संस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, संचारकर्मी लगायत लाहोरमा रहेका नेपाली विद्यार्थीहरु उपस्थिति थिए। कार्यक्रमलाई लाहोरको टिभि सिटि ४२ ले प्रत्यक्ष प्रसारण गरेको थियो भने उक्त पाकिस्तानी प्रमुख सञ्चार माध्यमहरुले पनि विशेष महत्वका साथ समाचार छापेका थिए ।