Mon. Feb 24th, 2025

अमेरिकी गायिका मेडोनाले दुई वर्ष अघि आफू बलत्कारको सिकार भएको खुलासा गरेकी थिइन्। हाल उनले आफ्नो बलत्कार भएपनि बदनामी हुने डरले उजुरी नहालेको बताएकी छन्। ५६ वर्षकी गायिकाले संघर्षका दिनमा भएको सो बलत्कारको घटना सार्वजनिक भए आफ्नो बदनाम हुने डरले कसैलाई नभनको बताएकी हुन्। बलत्कारमा पर्ने अन्य धेरै महिलाजस्तै म्याडोनाले पनि घटनाका बारे सार्वजनिक गरे आफ्नै बदनाम हुने डरले कसैलाई नभनेको बताइन्।

mero

उनले भनेकी छिन् -‘सुरुमा न्युयोर्कमा बस्दा मलाई पैसाको अभाव हुन्थ्यो। एकदिन एकजना पुरुषले मलाईलाई पैसा सहयोग गर्न थाल्यो। प्राय सबैलाई चाडैं विश्वास गर्ने मैले उक्त पुरुषलाई पनि विश्वास गर्न थाले । एकदिन तिनै पुरुषको अपार्टमैन्टमा गएको बेला मलाई बलत्कार गर्यो ।’